ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

 बैशाख ३१, २०७९ शनिबार ९:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ । 

बिहान बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे । 

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कुल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया