१४ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक, गाडीको लाम हट्न समय लाग्ने

 जेठ २६, २०७९ बिहीबार १४:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : विमलप्रसाद पाेखरेलकाे फेसबुकबाट

काठमाण्डाै : नौबिसे– मुग्लिन  र नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै १४ घण्टापछि सञ्चालनमा आएको छ ।

कुरिनटारबाट एक किलोमिटर मुग्लिनतर्फ ठूलो पहिरो खस्दा गए राति ११ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन र नौबिसे –मुग्लिन सडक खण्ड अहिले  सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो हटाइए पनि १४ घण्टादेखि लागेको गाडीको लामो लाइन व्यवस्थापनमा समस्या भइरहेको प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि गाडीको लामो लाइन भने कायम नै छ । बिस्तारै गाडी गन्तव्यतर्फ लाग्न थालेकाले अब सहज हुँदै जाने उहाँले बताउनुभयो ।  

यो सडक खण्ड बन्द हुँदा यात्रुबीच बाटोमै अलपत्र परेका थिए । बर्खाको समयमा छिनमै खुल्ने र छिनमै बन्द हुने भएकाले नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया