सुविन भट्टराईको नयाँ उपन्यास ‘प्रिय सुफी’ विमोचन

 असोज ६, २०७५ शनिबार १७:१९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – लोकप्रिय लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ विमोचन भएको छ ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई ‘रिडिफाइन’ गरिदिएको समेत दावी गरे ।

पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उनको भनाई छ । यसैगरी नायिका आँचल शर्माले आफूले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैको मन छुने बताइन् । आफू पनि पुस्तक पढ्न आतुर रहेको उनको भनाई छ । कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफू विश्वस्त रहेको बताए । साथै पुस्तक पढेर प्रतिक्रिया दिन उनले अनुरोधसमेत गरे ।

कार्यक्रममा फाइनप्रिन्टका अजित बरालले नयाँ लेखकलाई परिचय गराएका थिए । उनले दार्जीलिङका लेखक छुदेन काविमोलाई आगन्तुकसमक्ष चिनाएका थिए । साथै उनको नयाँ पुस्तक दसैँपछि आउन लागेको उनले जानकारी गराएका थिए ।

कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत रहेको थियो । त्यसका लागि गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले गीत गाएका थिए । ‘आउ न माया गाँस न’, ‘तिमी बिनाको जीवन काँडा भो’आदि गीत गाएका थिए । पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया