तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको प्रस्ताव
जेठ २७, २०८० शनिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सरकारसँग भाडामा लिएको जग्गामा नक्सा पास नगरि बनाएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई निर्देशन दिएको छ ।
महानगरपालिकाले आज साेमवार सूचना निकालेर अस्पतालले बनाएको संरचना सरकारसँग भएको सम्झौता विपरीत भएकोले २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो । अन्यथा नियमअनुसार कारबाही हुने चेतावनीसमेत महानगरले दिएको छ ।
थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले २० वर्षदेखि डेढ रोपनीभन्दा धेरै सरकारी जग्गा कब्जा गरेर प्रयोग गरिरहेको छ । नर्भिक अस्पतालले तत्कालीन भूमिसुधार कार्यालयका अधिकारीहरूसँग सेटिङ मिलाएर कौडीको भाउमा त्यो जग्गा प्रयोग गरेको पाइएको छ । त्यही कौडीको भाउमा लिएको जग्गाको अस्पतालले भाडासमेत नतिरेको खबरहरू प्रकाशित भएका थिए । त्यही जग्गामा नक्सा पास नगरि बनाएका संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाले निर्देशन दिएको हो ।