पूर्व आईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

 असोज ६, २०७९ बिहिबार १२:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसाे समय अध्यक्ष ओलीको गुनगानमा खर्चिनुभयो । उहाँले  ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गर्नुभयो ।
 

अन्तिम अपडेट: असोज ७, २०७९

तपाईको प्रतिक्रिया