सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइयो

 असोज २४, २०७९ सोमबार ११:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको छ ।

गएको बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा उपस्थित गराइएको थिएन । अहिले जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गएको बिहीवार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । 

लामिछानेमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् ।

गएको भदौ २१ गते सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया