जोशीको शव अध्ययनका लागि किस्ट अस्पताललाई हस्तान्तरण

 असोज ३०, २०७९ आइतबार १७:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे शव किस्ट अस्पतालालई हस्तान्तरण गरिएकाे छ । 

जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । उहाँकाे पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गरी प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् जोशीको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँलाई मन्त्रीहरूसहित सरकारका उच्च पदस्थ अधिकारी, नेता, नागरिक समाज, सर्वसाधारणलगायतले पनि पुल्चोकमा पुगेर श्रद्धाञ्जली दिएका थिए । यसैबीच सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरेको  छ । छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज आइतवार बिहान किस्ट अस्पतालमै निधन भएको थियाे । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिनुभएका जोशी संस्कृतिविद् हुनुहुन्छ ।

उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । उहाँकाे 'लोक संस्कृति' नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै 'नेपाल राष्ट्रिय मुद्रा' नामक पुस्तकका लागि दोस्रो पटक र 'कर्णाली लोक संस्कृति' पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभएको थियो । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया