फ्राइडे रिलिज : नेपालमा छायाङ्कन भएकाे 'ऊंचाई' सहित तीन विदेशी चलचित्र प्रदर्शनमा

 कात्तिक २५, २०७९ शुक्रबार १४:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  फ्राइडे रिलिज अन्तर्गत नेपाली हलमा आजदेखि तीन वटा विदेशी चलचित्र प्रदर्शनमा आएका छन् ।

नेपालमा छायाङ्कन भएकाे बलिउड चलचित्र 'ऊंचाई', अर्काे बलिउड फिल्म 'राम सेतु' र हलिउड फिल्म  ‘वाकान्डा फरएभर’ प्रदर्शनमा आएका हुन् ।

नेपालकाे स्वयम्भू, लुक्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नाम्चे, मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएकाे 'ऊंचाई' मा अमिताभ वच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडाकाे मुख्य अभिनय रहेकाे छ । याे फिल्म सुरज आर बडजात्याले निर्देशनमा बनेकाे हाे । 

आजदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'राम सेतु' मा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । राम सेतुमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्। 

यस्तै, हलिउड फिल्म वकाण्डा फरएभर पनि आजैदेखि प्रदर्शनमा आएकाे हाे । यो फिल्म ब्ल्याक प्यान्थरको सिक्वेल हो। चलचित्रमा लुपिता न्योङो, लेटिटा राइट, दनाइ गुरिरा, विन्स्टन ड्युक लगायतको अभिनय रहेकाे छ। फिल्म रायन कुग्लरको निर्देशनमा बनेको हाे । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया