बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
कास्की – गण्डकी प्रदेश सभाको बिहीवार बसेको बैठकले दुई वटा अध्यादेश पारित गरेको छ । बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो ।
गएकाे पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाका पूर्व मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबल गर्नुभएकाे थियाे । प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका अध्यादेशमाथि छलफलसमेत नगरि पास गरिएको हो ।
प्रदेशका अहिलेका कानुन मन्त्री रोशन गाहा मगरले अध्यादेश पारित गर्ने प्रस्ताव टेबल गर्नुभएकाे थियाे ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।