दाङमा बस दुर्घटना : एकजनाको मृत्यु, ३२ जना घाइते

 जेठ २५, २०७५ शुक्रबार ९:१०:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको पहरुवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

दुर्घटनामा भारतीय नागरिक मोहम्मद मुर्वीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते मध्ये ९ जनालाई लमहीमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज लगिएको छ । अन्य २३ जनाको लमहीमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जनकपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख १८२९ न को यात्रुबाहक बस बिहान साढे ६ बजे राप्ती गाउँपालिका वडा नं ५ को पहरुवामा दुर्घटनामा परेको हो .। बस तीव्र गतिमा भएको र चालक निदाएकोले गाडी सडकबाट खोलामा खसेको दुर्घटनामा घाइते हुनु भएकी दैलेख नयाँ बजारकी आयुष्मा थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया