श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव

 वैशाख १५, २०८० शुक्रबार ६:४६:३८ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको छ । त्यहाँका सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको हिजोको संसदमा स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले जानकारी गराउनुभएको छ ।

सरकारी अस्पतालमा १ हजार ३ सय ४७ प्रकारका औषधि प्रयोग हुँदै आएको र त्यसमध्ये १ सय १२ प्रकारका औषधिको अभाव रहेको मन्त्री रामबुकवेलाको भनाइ छ । श्रीलङ्का सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्दै आएको छ।

स्वास्थ्य मन्त्रालयको आग्रहपछि अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थपेको र औषधि खरिदपछि अभाव छिट्टै हट्ने स्वास्थ्यमन्त्रीको दाबी छ । श्रीलङ्काले आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै औषधिसहित अत्यावश्यक वस्तु तथा सेवाको समस्या झेल्दै आएको छ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया