दार्चुला : पहिराेका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध

 असार १९, २०८० मंगलबार ९:४९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला - गएरातिको वर्षाका कारण पहिराे खसेपछि दार्चुलाकाे महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ ।

सडक माथिबाट पहिरो खसेपछि मङ्गलवार आज बिहानदेखि याे सडकको पनेबाजदेखि ऐरिछानासम्मको खण्ड अवरुद्ध भएको हो ।

हिलोसहित ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा गाडी सञ्चालन हुन नसकेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार याे सडक खण्डको विभिन्न ठाउँमा पहिरो थुप्रिएकाे छ । सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने गाडी बाटाेमै रोकिएका छन् ।

पटक–पटक पहिरोका कारण अवरुद्ध हुने याे लोकमार्गमा छोटो दूरीका गाडी समेत सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नु परेकाे छ । 

बिहानैदेखि डिभिजन सडक बैतडी पाटनले पहिरो हटाउने प्रयास गरिरहेको भए पनि अवरुद्ध लोकमार्ग खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया