विद्युतीय गाडीकाे खर्च पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्छ : घिसिङ

 भदौ २०, २०८० बुधबार १४:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्तरूपमा उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रलाई चार्जिङ स्टेशन विस्तारका लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताउनुभयो ।

निर्देशक घिसिङले ५१ वटा चार्जिङ स्टेशनको एकसाथ उद्घाटनले देशभर विद्युतीय गाडीकाे प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । पछिल्लो समय माइक्रोबस, ट्याक्सी र व्यक्तिगत गाडी गरी धेरै विद्युतीय गाडीकाे प्रयोगमा वृद्धि भएको उहाँको भनाइ छ । उहाँले चार्जिङ स्टेशनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताउनुभयो । घिसिङले विद्युतीय गाडीकाे विकाससँगै पेट्रोलियम पदार्थको आयात कम हुने, व्यापार घाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गर्नुभयो ।

घिसिङले विद्युतीय गाडीकाे खर्च पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो बताउनुभयाे । प्राधिकरणले देशभर थप पाँच सय वटा चार्जिङ स्टेशन स्थापना गर्न लागेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विद्युत प्राधिकरणले ५१ वटा चार्जिङ स्टेशन उद्घाटन गरेको छ । यसले देशभर विद्युतीय गाडीको प्रमोसन हुने छ । चार्जिङ स्टेशनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिनेछ । बिजुली गाडीकाे खर्च पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा झन्डै १५ देखि २० गुणा सस्तो पर्छ । अप्रेसन कस्ट शून्य छ भने छ हजार रुपैयाँकाे डिजल/पेट्रोल लाग्ने ठाउँमा चार सय रुपैयाँले पुग्ने अवस्था आउँछ । विद्युतीय गाडीकाे प्रयाेग बढ्दा नेपालको बिजुलीमा नेपालमा नै खपत हुन्छ ।’

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय गाडीकाे प्रवर्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताउनुभयो । उपाध्यक्ष सिटौलाले विद्युतीय गाडीलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे देशमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने बताउनुभयो । विद्युतीय गाडीको विकास र विस्तारका लागि विद्युतीय चार्जिङ स्टेशन देशभर ५१ वटा मात्रै नभएर ५१ हजार वटा हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया