ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच

 भदौ २०, २०८० बुधबार १९:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ ।

ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे ।

भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयाे । भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै गरी लाखे नाचिने परम्परा रहेको उहाँकाे भनाइ छ ।

लाखे नाच अर्घामा प्रसिद्ध छ । पञ्चेबाजाको तालमा छमछमी नाचिने यो नाच हेर्न अर्घाखाँचीसँगै आसपासका जिल्लाबाट मानिसहरू आउने गरेका छन् । लाखे नाचपछि यस ठाउँमा तिजको गीत गाउने र नाच्ने गरिन्छ ।

पञ्चेबाजाको तालमा सात तालसम्म नाचिने यस नाचमा लाटो खिजाउने पनि सँगै नाच्ने प्रचलन छ । अन्य ठाउँमा यसलाई कालिका नााच, काल भैरव नाच लगायतको नामले पनि चिनिन्छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया