सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै हाेइन : उपमेयर डंगोल

 असोज ८, २०८० सोमबार १४:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताउनुभएको छ ।

आज सोमवार काठमाण्डाैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरकाे मात्रै नभएकाे बताउनुभएकाे हाे । उहाँले यो समस्याको दिगो समाधान हुने गरी तत्काल एकीकृत नीति बनाउन सङ्घीय सरकारलाई आग्रहसमेत गर्नुभयो । याे समस्या समाधानका लागि काठमाण्डाै महानगरलाई दबाब दिने काम नगर्न पनि उहाँले अनुरोध गर्नुभयो । उपमेयर डंगाेलले महानगरपालिका आफ्नाे नीति र कार्यक्रमअनुसार अघि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महानगरले आफूले वर्षभरि के काम गर्ने भन्ने नीति, नियम, कार्यक्रमहरू तय गरेको छ । ती नीति, कार्यक्रमहरू पूरा गर्नका लागि महानगरलाई दबाबको भने पक्कै पनि खाँचो छैन । हाम्राे प्रमुख चुनाैती भनेको सडक व्यापार व्यवस्थापनको कुरा नै हो । याे समस्या काठमाण्डाै महानगरको मात्रै पक्कै होइन । देशभरिमा जहाँजहाँ शहर छ, त्यहाँ सडक व्यापार व्यवस्थापनकाे समस्या छ । यो केन्द्रीय सरकारले विशेष महत्त्वका साथ हेर्नुपर्ने विषय पनि हो । यस विषयमा राज्यको हिसाबले केन्द्र तहबाट नै नीति, नियम बनाइयोस् ।’

उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरुको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया