‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन, नेताहरूले स्पष्ट कानुन किन बनाएनन् ? : मेयर शाह

 असोज १०, २०८० बुधबार १७:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले अभियन्ता ‘ई’ ले उठाएका माग पूरा गर्न काठमाण्डौ महानगरसँग कानुनी आधार नभएको बताउनुभएको छ । अभियन्ता ‘ई’ लाई सम्बाेधन गर्दै सामाजिक सञ्जालमा स्टासट लेखेर मेयर शाहले अहिलेको कानुनी व्यवस्थाहरूले ‘ई’ का माग पूरा गर्न नसक्ने प्रस्टीकरण दिनुभएको हो ।

‘ई’ ले उठाएका मागहरूलाई आफूले नपन्छाउने भन्दै शाहले फुटपाथ वा बाटोमा व्यापार गर्नु गैरकानुनी भएको बताउनुभएको छ । यस्तै समय छुट्याएर व्यापार गर्न दिँदा पनि त्यो समयमा बाटो अवरोध हुने भन्दै उहाँले त्यसो गर्न पनि नसकिने बताउनुभएको छ ।

फुटपाथ बाहेक सार्वजनिक जग्गामा व्यापार गर्न दिने कुरा अहिलेको कानुनले मेयर मात्र नभई मन्त्रिपरिषद्ले पनि गर्न नसक्ने मेयर शाहकाे दाबी छ ।

यस्तै मेयर शाहले ‘ई’ को जायज माग पूरा गर्नुपर्छ भन्दै ऐक्यबद्धता जनाउने नेताहरूलाई पनि सतही कुरा गरेर राजनीति नगर्न आग्रह गर्नुभएको छ । केपी ओली, बाबुराम भट्टराई, गगन थापा, कमल थापा, स्वर्णिम वाग्ले लगायतलाई सम्बोधन गर्दै उहाँले जायज माग पूरा गर्ने सतही कुरा गर्नुभन्दा स्पष्ट कानुन बनाउन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया