नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - अर्थमन्त्री प्रकाशशरण महतले विकट ठाउँका बासिन्दालाई सु–सूचित गर्न एफएम रेडियोहरुको प्रभावकारी भूमिका रहने बताउनुभएको छ ।
सम्पादक समाज नेपालले नुवाकोटको सूर्यचौरमा आयोजना गरेको गोविन्द वियोगी पत्रकार पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री महतले आम मान्छेका लागि अहिले पनि रेडियो नै प्रभाकारी माध्यम रहेको बताउनुभयो ।
कार्यक्रममा कम्यूनिकेसन कर्नरकी निर्देशक मण्टेश्वरी राजभण्डारी सम्मानित हुनुभएको छ । एफ एम रेडियोमार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत सम्पादक समाज नेपालले उहाँलाई सम्मान गरेको हो ।
यस्तै, सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीलाई प्रदान गरेको छ ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष एवम वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा पुरस्कार स्थापना गरिएको हो । यस्तै, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार शरण उत्सव सापकोटालाई प्रदान गरेको छ ।
यस्तै, राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले पनि सम्मानित हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।