खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवा...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - यसपटक आधा हिउँद बितिसक्दा पाँच प्रतिशत पनि पानी परेको छैन । सामान्यतया मंसीर १५ गतेपछि अहिलेसम्म देशभर औसतमा २५ मिलिमिटरसम्म पानी परिसक्नुपर्ने हो । तर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार दुई दशमलव सात मिलिमिटर मात्रै वर्षा भएको छ । यो भनेको ११ प्रतिशतभन्दा पनि कम हो ।
यस्तै, हिउँदयाम अर्थात मंसीर १५ देखि फागुन १५ गतेसम्म हुने औसत वर्षा झण्डै ६० मिलिमिटरमध्ये अहिलेसम्म पाँच प्रतिशत पानी पनि परेको छैन । फाट्टफुट्ट परेको पानी केही पहाडी क्षेत्रमा केन्द्रित छ । थुप्रै ठाउँमा हिउँदे पानी परेकै छैन । यस्तो अवस्थालाई चरम खडेरीको अवस्था भनिने मौसम तथा जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेती बताउनुहुन्छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना कम छ । माघ मध्य या अन्त्यसम्ममा पानी पर्ने संकेत देखिए पनि ग्यारेन्टी गर्न नसकिने उहाँको भनाइ छ । यसअघि विभागले हिउँदमा धेरै वर्षा हुने भन्दै गरेको पूर्वानुमान फेल खाएकाले देखिएका सम्भावनाप्रति पनि मौसमविद्हरु विश्वस्त छैनन् । गएको वर्षको हिउँद ३० वर्षयताकै सुक्खा बनेको थियो । यस वर्ष अवस्था अझै बिग्रने देखिएको छ ।
दक्षिण एसियामा मनसुनलाई मुख्यतया: असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने एल निन्यो र ला निन्या हो । समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ । एल निन्योका बेला दक्षिण एसियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्हरू बताउँछन् । यस वर्ष एल निन्योको प्रभाव रहेको छ ।
हिउँदयाम सुक्खा हुँदा त्यसको प्रत्यक्ष प्रभाव हिउँदे बालीमा पर्ने मौसमविद् विनोद पोखरेल बताउनुहुन्छ । अहिले गहुँ, तोरी, मुुसुरो, तरकारी लगायतका हिउँदेबालीलाई पानी चाहिएको छ ।
जलवायु विपद् विज्ञले डा. धर्मराज उप्रेतीका अनुसार हिउँदमा पानी नपर्दा आउने अर्को समस्या प्रदूषण बढ्नु हो । जसका कारण स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । हिउँदे वर्षा कम हुँदा सुक्खा भइ डढेलोको सम्भावना बढ्छ ।
यस्तै, अहिले तराईमा चलिरहेको शीतलहरको एउटा कारण कम वर्षा हुनु रहेको मौसमविद्को भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।