सिंहदरबार, बालुवाटार र बानेश्वरको सडकपेटीमा लगाएको डोरी प्रहरीले हटायो

 फागुन १७, २०८० बिहीबार ९:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रहरीले काठमाण्डौको सिंहदरबार, बालुवाटार र बानेश्वरको सडकपेटीमा लगाएको डोरी हटाएको छ । नागरिकलाई सडकपेटीमा हिँड्न समेत नदिएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले हिजो बेलुका ती ठाउँबाट डोरी हटाएको हो । नागरिकलाई दुःख भएको गुनासो आएपछि सडकपेटीमा राखिएको डोरी हटाइएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुुभयो ।

सोमवार लघुवित्त र मिटर ब्याज पीडितहरु संसद् भवनमा प्रवेश गरेपछि प्रहरीले बानेश्वर, सिंहदरबार, बालुवाटार लगायतका क्षेत्रको सडकपेटीमा डोरी टाँगेर नागरिकलाई हिँडडुलमा रोक लगाएको थियो । ती ठाउँमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका थिए ।

यसअघि प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेटसम्म, सर्वोच्च अदालत हुँदै माइतीघरको चारैतर्फ र बबरमहलसम्म, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र तोकेको छ । त्यस्तै राष्ट्रपति कार्यालय शीतल निवास क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार तथा आसपासका क्षेत्रमा पनि निषेधाज्ञा छ ।

ललितपुरमा मन्त्री निवाससहित वरपरका क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा तोकिएको छ । सरकारले एकपछि अर्को निषेधित क्षेत्र तोकेर नागरिकको आवाज खुम्च्याउन खोजेको भन्दै अधिकारकर्मीहरुले आलोचना गरिरहेका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया