पहाडी भेगको मौसम आंशिक बदली, पर्सि केही ठाउँमा पानी पर्ने सम्भावना

 फागुन १७, २०८० बिहीबार ९:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशका पहाडी भेगको मौसम आज आंशिक बदली रहेको छ । काठमाण्डौ उपत्यका लगायत देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइ अन्य भूभागमा भने मौसम सफा रहने मौसमविद् गोविन्द झाले बताउनुभयो । त्यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई तथा मधेशमा भने अहिले हुस्सु लागिरहेको भए पनि दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ ।

मौसमविद् झाका अनुसार भोलि बेलुका पश्चिमी न्यून चापीय प्रणाली भित्रिन लागेकोले गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूपश्चिमका केही ठाउँमा पर्सि शनिवार हल्का वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया