काठमाण्डौमा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

 फागुन १७, २०८० बिहीबार ९:४९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको । हिजो बेलुकी भएको झडपमा दुवै पक्षका केही घाइते भएका छन् । सात जना नगर प्रहरीसहित केही फुटपाथ व्यवसायी पनि घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।

घाइते सबैको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो । काठमाण्डाै महानगरपालिकाले राति ९ बजेपछि फुटपाथ व्यवसाय राख्न दिने निर्णय गरेकोमा व्यवसायीले हिजो बेलुका ७ बजे नै फुटपाथमा पसल राख्न थालेको र नगर प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको महानगरले जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया