च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक ठाउँहरूको सुन्दरताका लागि भित्तेचित्र बनाइने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र ठाउँहरूमा प्रतिष्ठानले भित्तेचित्र बनाउनेछ । यो काम आउँदो वर्षको जेठ मसान्तसम्ममा सम्पन्न हुनेछ । भित्तेचित्र बनाउन प्रतिष्ठानले ठाउँ र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ ।
चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी दिने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
विभागकाअनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको क्षेत्र, बानेश्वर क्षेत्र, मीनभवनको भित्ता, लैनचौरमा रहेको समाज कल्याण परिषद्को भित्ता चित्र बनाउनका लागि स्वीकृत भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।