सुनको भाउ तोलामा दुई हजारले बढ्यो

 फागुन २०, २०८० आइतबार १२:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । शुक्रवार एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख २१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया