च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – सेनेटरी प्याड किन्दा झन्डै १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार यादवसहित नाै जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा रेजा ट्रेडिङ प्रालिसँग सम्झौता भएकोमा खरिद सम्झौता हुनुअघि नै भुक्तानी भएको, खरिद गर्ने प्याडको यकिन सङ्ख्या नै थाहा नभएको र खरिद भएका प्याडको सङ्ख्या पनि राम्रोसँग गन्ती नगरि भ्रष्टाचार गरेको भन्दै अख्तियारले नाै जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले शहीदनगरका तत्कालीन मेयर यादव, उपमेयर शिलादेवी यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखाका प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, श्री माध्यामिक विद्यालयका तत्कालीन प्रधानध्यापक श्रीकृष्ण भिनवार, सब–इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङका प्रोपराइटर तथा रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुरलाई प्रतिवादी बनाएको छ । सबैलाई १३ लाख ९३ हजार रुपैयाँका दरले बिगो तथा जरिबानाको माग गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।