च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम बढेको छ । भारतबाट आएका र आउने साधुसन्तलाई आजदेखि पशुपति क्षेत्रमा औपचारिक रुपमा प्रवेश गराउन थालिएको छ ।
यसवर्ष पशुपतिनाथमा तीन हजारभन्दा धेरै साधुसन्त आउने अनुमान छ । उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ ।
त्यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारलाई सजावट गरिएको छ । भोलिदेखि पशुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइने छ ।
पर्सि फागुन २५ गते महाशिवरात्रि पर्व मनाइँदैछ । पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा आजदेखि पाँच दिन सम्म माछामासु, जाँडरक्सी र अरु नशालु पदार्थ बेच्न र खान निषेध गरिएको छ ।
आउँदो फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपासमा कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन गर्न नपाउने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरवण अधिकारी बताउनुभयो ।
आजदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको छ ।
त्यस्तै महाशिवरात्रि पर्वको रौनक बढाउन आज बिहान पशुपति मन्दिर परिसरमा र्याली गरिएको छ । र्यालीमा भारतबाट आएका साधु,सन्तहरु सहित विभिन्न सङ्घ,सस्थालगायतको उपस्थिति रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।