च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नौ महिनाअघि भारतको बथनाहादेखि नेपालको विराटनगरसम्म शुरु भएको मालवाहक रेल सेवाले निरन्तरता नपाउँदा उद्यगीहरू निराश भएका छन् ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गएको जेठ १८ गते विराटनगरमा सामान ल्याएर फर्किएको रेल अझै नआएको हो । बथनाहादेखि विराटनगरमा रहेको एकीकृत भन्सार जाँच विन्दु (आईपीपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । तर आयातको लागत घटाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ ।
नेपालले भारतसँग गरेको रुट सम्झौताबमोजिम सीमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बताउनुभयो । सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गो रेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको उहाँले बताउनुभयो ।
रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिङ्कर र सिमेन्टमात्र आयात गर्न पाउने विषय उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।