पर्सामा गाडिएको अवस्थामा बालकको शव भेटियो, आमाबुबा पक्राउ

 फागुन २५, २०८० शुक्रबार १८:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेर बुबाआमालाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानका लागि बालकका आमाबुबा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो धानुक र उनकी श्रीमती सबतादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ । बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको डीएसपी थापाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया