देशभरको तापक्रम बढ्न थाल्यो

 फागुन २६, २०८० शनिबार ९:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – देशभरको तापक्रम बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो हप्ताको तुलनामा यो हप्ता देशभरकै तापक्रम बढेको हो । पछिल्ला दिनमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम बढ्न थालेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । यस्तै देशभरकै तापक्रम बढेको महाशाखाले जनाएको छ । यसैबीच अहिले देशको पहाडी क्षेत्रको केही ठाउँमा आंशिक बदली र बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज कोशी  र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको मौममविद् गोविन्द झाले जानकारी दिनुभयो । आज पानी पर्ने सम्भावना भने छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया