भिजिट भिसामा कामदार पठाउने व्यक्ति पक्राउ

 फागुन २६, २०८० शनिबार १०:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरीले भिजिट भिसामा यूएई जान लागेका तीन जना महिलालाई विमानस्थलबाट फर्काएर उनीहरुलाई पठाउने एजेन्टलाई पक्राउ गरेको छ । शंकास्पद रुपमा युएई पठाउन लागेको खुलेपछि महिलालाई फर्काएर एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको एसएसपी शर्माले बताउनुभयो । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरेको भेटिएपछि प्रहरी विमानस्थलमा हुने जाँचमा कडाइ गरेको छ ।

रुसी सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा युएई लगेर त्यहाँबाट रुस पठाएको अनुसन्धानबाट देखिएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया