च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – दूध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डीडीसी) ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ।
डीडीसीको प्रतिवेदन अनुसार साउनदेखि पुस मसान्तसम्ममा पाँच करोड १५ लाख पाँच हजार एक सय ९४ रुपैयाँ नाफा भएको हो । डीडीसीे ६ वर्षदेखि घाटामा रहेको थियो । डीडीसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी र एक अर्ब ८८ करोड ७७ लाख रुपियाँ खर्च गरेको छ ।
डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बितेको छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा रहेको तर त्यो नगदमा नआएको बताउनुभयो । उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद नआएको तर चैतदेखि सुक्खा सिजन शुरु हुने भएकोले त्यसपछि मौज्दात बिक्री भएर नाफा नगदमा प्राप्त हुने बताउनुभयो ।
झाका अनुसार अहिले डीडीसीसँग एक अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात छ । किसानलाई पनि झण्डै एक अर्ब रुपैयाँ नै भुक्तानी गर्न बाँकी छ । मौज्दात बिक्री भएपछि किसानलाई भुक्तानी दिन समस्या नहुने उहाँले बताउनुभयो । किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।