सिरहाकाे गाेलबजारमा होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या, ४ जना पक्राउ

 फागुन २६, २०८० शनिबार १८:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सिरहा – सिरहाकाे गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव भेटिएको छ । गोलबजार नगरपालिका–६ की ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

साहले स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएको थियो । गए राति मृतक साह र उहाँका श्रीमान् महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा महेन्द्रलाई बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि गोलबजार पुर्‍याएको थियो ।

अनिताको घटनामा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिनुभयो । 

यसैबीच सप्तरीकै तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव भेटिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको पुलमुनि राजविराज नगरपालिका–१६ बोरियाका राजेशकुमार यादव मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया