साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डौ – पूर्व पश्चिम राजमार्गकाे कर्णाली चिसापानी पुलमा हिजो भएको आगलागीबाट आंशिक क्षति भएपछि गाडी आवागमन बन्द भएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र गाडी सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।
आगलागीबाट पुलको १४ वटा ‘सपोट’ डोरीमा क्षति पुगेको छ । कर्णाली पुलबाट गाडी आवागमन बन्द भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाण्डौ तथा अन्य प्रदेशमा जाने गाडी लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने गाडीलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले आग्रह गर्नुभएको छ।
हिजो बेलुका पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पुलमै पुगेपछि आगो लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रकमा लागेको आगो चार घण्टापछि मात्र पूर्णरूपमा निभाइएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।
ट्रकमा कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल रहेको र उनीहरुलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।