सहायक वन अधिकृत र शिक्षकविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

 फागुन २९, २०८० मंगलबार १५:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर भएको छ ।

सहायक वन अधिकृत पार्धेले काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिदाँलिँदै पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा घ को उपदाफ (१) बमोजिम कसुरमा सात हजार रुपैयाँ बिगाे कायम गरी आज विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिकामा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पौडेलले शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको किर्ते शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिएको भेटिएको आयाेगले जनाएको छ । शिक्षक पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया