खोटाङ र उदयपुर जोड्ने झोलुङ्गे पुलको टावर उठाउन शुरु

 फागुन २९, २०८० मंगलबार १८:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ — निर्माणकै क्रममा ११ महिनाअघि ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर उठाउन थालिएको छ । निर्माणका क्रममा गएको चैत १० गते ढलेको उदयपुरतर्फको पुलको टावर आज मङ्गलवारदेखि उठाउन थालिएको हो ।

निर्माण व्यवसायीले पुलको भाँचिएको टावर जोड्न शुरु गरेको डिकुवा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमेश तिलुङ राईले बताउनुभयो । नेपाल फूलवारी–स्वर्णिम–अन्सुमन जेभी काठमाण्डौले ३० महिनामा काम सक्नेगरी २०७६ साल वैशाख २६ गते पुल निर्माणको ठेक्का लिएको थियो ।

झोलुङ्गे पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाख रुपैयाँमा पुल निर्माणको काम शुरु भएको थियो । पुल अभावमा साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका झन्डै एक सय १० परिवार वर्षाैँदेखि डुङ्गा चढेर नदी वारपार गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया