पाँच वर्षमा हुँदै आएको सम्यक महादान पर्व आज र भोलि हुँदै

 फागुन ३०, २०८० बुधबार १०:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – हरेक ५ वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदैछ । फागुन शुक्ल तृतीयाको दिन शुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । यो पर्वको अघिल्लो दिन आज बेलुकी ७ बजे विशाल दिपङ्कर बुद्ध प्रतिमाहरु पाटन दरबार क्षेत्रमा जम्मा गरिने आयोजक हिरण्यवर्ण महाविहारका अध्यक्ष पुष्पराज बज्राचार्यले बताउनु भयो ।

ललितपुर, काठमाण्डाै, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरुसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरु नचाइँदै नागबहालमा पुर्‍याइनेछ ।

बज्राचार्यका अनुसार यो वर्ष आयोजना हुने इतिल्हने सम्यक महादान पर्वमा १ सय ३२ वटा देवदेवीहरु सामेल हुनेछन् । भोलि पूजा, महाद्वीप प्रज्वलन, महायज्ञ, महादान हुनेछ । पर्वको तयारी स्वरुप दान दिने रोटी पकाउने तथा बासुकी नागराज र चम्पक नागराजको जीवन्यास पूजा र लिङ्गो ठड्याइने धार्मिक विधि भइसकेको छ ।

७ सय वर्षदेखि निरन्तर चलिरहेको यो परम्परा १८६१ सालसम्म हरेक वर्ष आयोजना हुँदै आएको थियो । त्यसपछि बजेट अभावका कारण हरेक पाँच वर्षमा आयोजना हुँदै आएको छ । यसपालीको आयोजना ४ सय ७३ औँ सम्यक आयोजना हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया