सिन्धुलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

 फागुन ३०, २०८० बुधबार १५:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ — सिन्धुलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३० वर्षका रिद्दिबहादुर मिरिङसिङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका—१३ रानिबासमा कटारीबाट भिमानतर्फ गुडिरहेको ट्रक र विपरीत दिशाबाट गुडिरहेको मोटरसाइकल ठोक्किएका हुन् ।

ट्रक चालक महोत्तरीको गौशला नगरपालिका १ बस्ने ४१ वर्षीय जितबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया