प्रचण्डलाई विश्वप्रकाशकाे प्रश्न : ‘धोका खाएकाहरू एक भए तपाईँको हालत के होला ?’

 फागुन ३०, २०८० बुधबार १५:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिले के हालत होला भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्नुभएको छ ।

आज बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीकाे विश्वासको मतको विपक्षमा बाेल्दै महामन्त्री शर्माले प्रचण्डले एमाले र कांग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरू मिलेर अघि बढे भने अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको समेत बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औँल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री प्रचण्डलाई सचेत गराउनुभयो । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरूबीच एक होऔँ भन्ने नारा लाग्न सक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोहोर एमाले विपक्षमा रह्यो । अहिले कांग्रेस विपक्षमा छ । पालैपालो विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने, धोका खाएकाहरू एक हाेऔँ भनेर नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ? सम्माननीय प्रधानमन्त्रीज्यू ।’

महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया