तीन प्रदेशका प्रमुख पदमुक्त

 फागुन ३०, २०८० बुधबार १७:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम राष्ट्रपतिले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएकाे हाे ।

मधेश प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई राष्ट्रपतिले पदमुक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया