च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – कान्ति राजमार्ग आजदेखि दिउँसोको समयमा ४५ दिनसम्म बन्द हुँदैछ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आउँदो वैशाख १५ गतेसम्म कान्ति राजमार्ग बन्द हुन लागेको कान्ति राजमार्ग सडक योजनाका ईञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।
यो सडक ललितपुरको टीकाभैरवबाट तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्छ । उहाँका अनुसार काल्चे खण्ड बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड अन्तर्गत झण्डै डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान काट्ने निर्णय भएसँगै काम सुरु भएकाे र काम सक्न ४५ दिन लाग्ने योजनाको अनुमान छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा फागुन १६ गते बसेको बैठकले कान्ति राजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका गाडीलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । वि.सं २०१३ मा शिलान्यास गरिएको काठमाण्डौलाई हेटौँडासँग जोड्ने सडक मार्गको पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईञ्जिनियर महर्जनले बताउनुभयो ।
सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्ति राजमार्गको हेटौँडा बुद्धचोकबाट ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।