सात वटै प्रदेशमा रंगशाला, ७ सय ५३ स्थानीय तहमा खेल मैदान बनाउँछौं :  मन्त्री विश्वकर्मा

 मंसिर २, २०७५ आइतबार २०:१७:२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सातैवटा प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताउनुभएको छ ।

शनिबार साँझ धनुषाको बटेश्वर गाउँपालिकामा बनदेवीमाई युवा क्लबले आयोजना गरेको सतौं बनदेवीमाई फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री विश्कर्माले यस्तो बनाउनु भएको हो ।

नेपालमा खेलकुदको विकास एवं समृद्धिको लागि सात सय ५३ स्थानीय तहमा एक–एक वटा खेल मैदानको निर्माण गर्ने लक्ष्य रहेको मन्त्री विश्वकर्माको भनाई छ । ‘सातवटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र सात सय ५३ वटा स्थानीय तहमा एउटा खेल मैदानको व्यवस्था गर्ने हाम्रो योजना छ’, उहाँले भन्नुभयो, ‘त्यसको लागि कार्यविधि बनाएर मन्त्री परिषदमा पेश गरेका छौं ।’

उहाँले प्रदेश २ को रामजानकी रंगशाला जनकपुरमा निर्माण शुरु भएको जानकारी गराउँदै यस वर्ष संघीय सरकारले त्यसको लागि २ करोड रुपैयाँ छुट्याएको बताउनुभयो ।

मन्त्री विश्वकर्माले बटेश्वर गाउँपालिकाको बनदेवीमाई रंगशालाको स्तरोन्नतिको लागि पाँचलाख रुपैयाँ मन्त्रालयबाट प्रदान गर्ने घोषणा समेत गर्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया