ए डिभिजन लिग: पाँचौ चरणको खेल सकिँदा मनाङ शीर्षस्थानमा, अार्मी दाेस्राे

 मंसिर १६, २०७५ आइतबार १८:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ चरणको खेल सकिएको छ ।

पाँचौ चरणको खेल सकिँदा मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मीले मात्र अपराजित यात्रा कायम राखेका छन् । मनाङ पाँचवटै खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा रहँदा ४ खेलमा जित र एक खेलमा बरबारी गरेको आर्मी १३ अंक सहित दोस्रो स्थानमा छ ।

पाँचौ चरणमा आइपुग्दा हिमालयन शेर्पाको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । शेर्पा आर्मीसँग पराजित भएको हो । तालिकामा थ्री स्टार क्लब १२ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

थ्री स्टार मनाङसँग पराजित हुँदा बाँकी चारवटै खेल जित्न सफल भएको छ । यसैगरी संकटा क्लबले पनि पाँच खेलमध्ये चार खेल जित्दै १२ अंक बनाएको छ । थ्री स्टारभन्दा गोल अन्तरका आधारमा पछि पर्दै  चौथो स्थानमा रहँदै पाचौं चरणको लिग सकाएको छ ।

नेपाल पुलिस र हिमालयन शेर्पाको समान १० अंक भए पनि गोल अन्तरका आधारमा पुलिस पाँचौ र शेर्पा छैटौं स्थानमा रहेका छन् । पाँचमध्ये २ खेल जितेर ६ अंक जोडेको सरस्वती ७ औं स्थानमा रहेको छ ।

आठदेखि ११औं स्थानमा रहने टिमले लिग तालिकामा ४ अंक जोडेका छन् । आठौ स्थानमा रहेको च्यासले एक खेलमा बराबरी र एक खेल जित्दै ४ अंक पुर्याएको हो । यसैगरी  सोही नतिजाका साथ फ्रेन्ड्स नवाैं, जावलाखेल दशौं र एपीएफ ११औं स्थानमा छ ।

ब्रिगेड ब्वाइजले ३ अंक जोड्दै १२ औं स्थानमा रहँदा मछिन्द्रले २ तथा एनआरटीले एक अंक मात्रै जोडेको छ । एनआरटी तालिकाको पुछारमा रहेको छ ।

 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया