स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
चैत १२, २०८१ मंगलबार
टर्किएमा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु औपचारिक रूपमा पक्राउ पर्नुभएको छ । विपक्षी नेता इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएको बीबीसीले जनाएको छ ।
उहाँले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ । टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दाेगानका प्रतिद्वन्द्वी इमामोग्लुलाई २०२८ को राष्ट्रपति उम्मेदवारका रूपमा छनोट हुनुभन्दा केही दिनअघि बुधवार पक्राउ गरिएको थियो ।
विपक्षी नेता इमामोग्लु पक्राउ परेपछि उहाँका समर्थकहरू सडकमा आएका छन् । विगत चार दिनदेखि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।
यसैबीच राष्ट्रपति एर्दाेगानले प्रदर्शनको आलोचना गर्दै इमामोग्लुको रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) लाई देशमा अशान्ति फैलाएको र मानिसहरूलाई विभाजित गरेको आरोप लगाउनुभएको छ । एर्दाेगानको कार्यालयले जारी गरेको सन्देशमा टर्किएमा आतङ्कवादका लागि कुनै ठाउँ नभएको उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।