हुम्ला जीप दुर्घटना : २२ दिनपछि उपाध्यक्ष शाहीकाे शव भेटियो

 असार २५, २०७६ बुधबार १९:१४:१४ | रासस
unn.prixa.net

फाइल फाेटाे

हुम्ला - खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमा भएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता हुनुभएका उपाध्यक्ष सिन्धु शाही हमालको शव बुधबार फेला परेको छ ।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गर्नुभएको छ ।

शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उहाँका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो ।

शवको पहिचान गरेपछिसँगै जानुभएका जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त टोलीले कानूनी प्रक्रिया पुर्‍याएर  आफन्तलाई हस्तान्तरण गरेको छ ।

यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता अरु अझै भेटिएका छैनन् ।

याे पनि पढ्नुहाेस् 

हुम्ला जीप दुर्घटना : बेपत्ता सबैको पुत्ला बनाएर दाहसंस्कार

 

हुम्ला जीप दुर्घटना : सबैकाे निधन भएकाे भन्दै गाउँपालिकाद्वारा शोक प्रस्ताव पारित

हुम्ला जीप दुर्घटना : उपाध्यक्ष हमालको झोला भेटियो, जीप र मान्छे अझै भेटिएन

हुम्ला जीप दुर्घटना : गोताखोरसहितको टोलीले पनि जीपमा सवार यात्रु भेट्टाउन सकेन

हुम्ला जीप दुर्घटना : नदीमा हराइरहेकाको खोजी गर्न गोताखोरको टोली जाँदै

हुम्ला जीप दुर्घटना : तालिमप्राप्त गाेताखाेर नहुँदा उद्दारमा ढिलाइ

हुम्लामा गाउँपालिका उपाध्यक्ष चढेकाे जीप कर्णालीमा खस्याे, अवस्था अज्ञात

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया