हुम्ला जीप दुर्घटना : बेपत्ता सबैको पुत्ला बनाएर दाहसंस्कार

 असार ६, २०७६ शुक्रबार ६:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - दाने बाेहरा/रासस ।

हुम्ला – कर्णाली नदीमा जीप खसेर  बेपत्ता भएका सबैको पुत्ला बनाएर दाहसंस्कार गरिएको छ । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबै जनाको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको हो ।

हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था थाहा हुन नसकेपछि बुधबार खार्पुनाथ गाउँपालिकाले बेपत्ता सबैको मृत्यु भएको घोषणा गरेको थियो । 

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०–१० हजार  किरिया खर्चस्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

१० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो । खोजीमा तालिम प्राप्त गोताखोरसहितको टोली बुधबारबाटै खटिएको भए पनि अझैसम्म पनि भेट्न सकेको छैन ।  

तर गाउँपालिकाको कार्यसमिति बैठकले भने बेपत्ता भएकाहरुको मृत्यु भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीमराज शाहीले बताउनुभयो । साथै असार १५ गते गाउँपालिका भवनमा शोकसभा आयोजना तथा गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा दिइने घोषणा गरेको वडाध्यक्ष शाहीले बताउनुभयो । 

खोजीका क्रममा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीले बोकेको ब्याग फेला परेको भए भए पनि जीप र त्यसमा रहेका यात्रु फेला नपरेको र खोजी भइरहेको वडा नम्बर पाँचका वडाध्यक्ष भीमराज शाहीले बताउनुभयो । 

हराइरहेको जीपसहित त्यसमा रहेका यात्रुको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको १० जनाको टोली खटिएको छ ।  

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार जीपमा गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाही, खार्पुनाथ–४, छिप्राका चन्द्र हमाल, खार्पुनाथ–४, नल्लाका नैनसिंह भण्डारी, जीप चालक मणि शाही, खार्पुनाथ–५, याङ्चुका बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, खापुर्नाथ–१ का कौँरा दमाई र उनका दुई वर्षीय छोरा रहेका थिए ।  

याे पनि पढ्नुहाेस् 

हुम्ला जीप दुर्घटना : सबैकाे निधन भएकाे भन्दै गाउँपालिकाद्वारा शोक प्रस्ताव पारित

हुम्ला जीप दुर्घटना : उपाध्यक्ष हमालको झोला भेटियो, जीप र मान्छे अझै भेटिएन

हुम्ला जीप दुर्घटना : गोताखोरसहितको टोलीले पनि जीपमा सवार यात्रु भेट्टाउन सकेन

हुम्ला जीप दुर्घटना : नदीमा हराइरहेकाको खोजी गर्न गोताखोरको टोली जाँदै

हुम्ला जीप दुर्घटना : तालिमप्राप्त गाेताखाेर नहुँदा उद्दारमा ढिलाइ

हुम्लामा गाउँपालिका उपाध्यक्ष चढेकाे जीप कर्णालीमा खस्याे, अवस्था अज्ञात

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया