चरेसको थाल र मार्सीको चामल प्रधानमन्त्रीले लिन मानेनन्

 असार २८, २०७५ बिहिबार १६:१४:३२ | उज्यालो सहकर्मी

काठमाडौं –डाक्टर गोविन्द केसीका समर्थकले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् । 

डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै थाल र चामल उपहार दिएका हुन् ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल कलेज सञ्चालकको घरमा बसेर जुम्लाको मार्सी चामलको भात खाने तर जुम्लामा एमबीबीएस पढाई नभएको र जुम्लामा अनसन बसेका डाक्टर केसीका माग पुरा नभएको भन्दै समर्थकले वालुवाटार अगाडी थाल र चामलसहित प्रदर्शन गरेका हुन् । 

तर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिले भने मार्सी चामल र थाल उपहार लिन नमानेको समर्थक प्रितम सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो । ‘यो हामीले किन लिने लिन्नौं भन्दै उहाँहरुले चरेसको थाल र चामल प्रधानमन्त्रीका प्रतिनिधिले बहिष्कार गर्नुभयो, हामी चाँही नारा लगाएर फर्कियौं ।’ सुवेदीले भन्नुभयो । प्रदर्शनमा नागरिक समाज, मानवअधिकारवादी, विद्यार्थी प्राध्यापक लगायतको सहभागिता थियो । 


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भैरव प्रकाश शाह

    July 12, 2018, 8:18 p.m.

    मार्सिचामल र चरशको थालमा बगेर्नो भैसीको घिउ र राडि ज्यूलाको मासको दाल अनि डोल्पाको भाङ्गो (अचार खानको लागि ) अपुग भएर होला नलिएको ।

  •  0 Reply

तपाईको प्रतिक्रिया