साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डौ – रोटरी इन्टरनेशनलले नेपालका २५ जना बालबालिकालाई भारतका उत्कृष्ट अस्पतालमा निःशुल्क मुटुको शल्यक्रिया गर्ने व्यवस्था गरेको छ ।
रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट शेखर मेहताले आर्थिक अभावका कारण मुटु रोगको उपचार गर्न नपाएका गरिब परिवारलाई रोटरीमार्फत जानकारी गराए भारतमा उपचारको व्यवस्था मिलाइने बताउनुभयो ।
रोटरीले विश्वका विभिन्न देशमा गरिबी निवारणलाई केन्द्रित गरी वित्तीय कोष परिचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले इन्टरनेशनलले विशेषगरी शिक्षा, स्वास्थ्य, मातृशिशु कल्याण, आर्थिक विकास तथा शान्तिका क्षेत्रमा केन्द्रित गरेर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
संसारबाट नै पोलियो उन्मुलन गर्न विश्वका विभिन्न २०० देशमा आफ्नो अभियान जारी राखेको उल्लेख गर्दै उहाँले नेपालमा पनि पोलियो उन्मुलनका लागि सहकार्य गर्दै आएको बताउनुभयो ।
रोटरीको बोर्डले मेहतालाई इन्टरनेशनल प्रेसिडेन्टमा निर्विरोध चयन गरेको अवसर पारेर आयोजना गरेको कार्यक्रममा कार्यक्रम संयोजक एवं पूर्वमुख्य सचिव तीर्थमान शाक्यले रोटरीले देवघाटमा वृद्धाश्रम निर्माण कार्य अघि बढाइएको, बुटवलमा गौतमबुद्ध सामुदायिक अस्पताल (नेपालको नै सबैभन्दा ठूलो मुटु रोगको उपचार गर्ने अस्पतालका रुपमा) विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
रोटरी ३२९२ डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरीले नेपालका विभिन्न १०० विद्यालयमा इ-लर्निङ सेन्टर स्थापना गरेको, १५ हजार थान कम्युटर वितरण गरेको, ५० हजार थानभन्दा बढी युनिफर्म वितरण गरेको, ७७७ बालबालिकालाई विद्यालय पठाएको तथा यस अतिरिक्त भारतमा हालसम्म ४५ हजारभन्दा बढी विद्यार्थीलाई पठाएको र सार्क अवार्ड स्थापना गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।