नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित
असोज ६, २०८० शनिबार
काठमाण्डौ - १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको राष्ट्रिय महिला फुटबल टिमका खेलाडी आफ्नै खर्चमा काठमाण्डौ फर्किएका छन् ।
पोखरामा सोमबार फाइनल खेलेको टिमलाई मंगलबार दिउँसो फर्किने गाडीको व्यवस्था गरिएको थियो तर गाडीबाट फर्किँदा पुरुष फुटबलको फाइनल हेर्न नपाइने भएपछि खेलाडीले आफै प्लेन टिकट लिएर फर्किएका हुन् ।
उनीहरुले जनही ५ हजार ५० रुपैयाँमा प्लेनको टिकट काटेर आएका हुन् । एउटै प्लेनमा टिमका सबै सदस्यलाई टिकट नपुगेपछि उनीहरु फरक फरक तीन वटा प्लेनबाट काठमाण्डौ आएका हुन् ।
व्यवस्थापकले गाडीमै फर्किने व्यवस्था भएकाले प्लेनमा लैजान नसकिने बताएपछि खेलाडीले बरु आफै पैसा तिर्ने तर पुरुष फुटबलको फाइनल नछुटाउने निर्णय गरेर जनही पैसा तिरेर प्लेनबाट काठमाण्डौ आएको एक खेलाडीले उज्यालो अनलाइनलाई जानकारी दिइन् ।
उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।