आईसीसी विश्वकप लिग २ छनाेट : नेपालद्वारा अमेरिका ३५ रनले पराजित

 माघ २५, २०७६ शनिबार १७:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ छनाेट अन्तर्गत नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेकाे छ ।

पहिले ब्याटिङ गरेकाे नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएकाे थियाे । १ सय ९० रन बनाउने क्रममा बिनाेद भण्डारीले ५९ तथा आजै डेब्यु गरेका कुशल मल्लले ५० रनकाे अर्धशतकीय याेगदान गरेका थिए । बलिङतर्फ अमेरिकाका स्टेभेन्सनले तीन तथा नेत्रवल्कर र थेराेनले समान दुई दुई विकेट लिए ।

जवाफमा एक सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४. १ ओभरमा १ सय ५५ रनमा अल आउट भयाे । १ सय ५५ रन बनाउने क्रममा अमेरिकाका आईजी हल्याण्डले सर्वाधिक ७५ रन बनाए भने स्ट्भेन्सनले १९ रन बनाए । 

बलिङतर्फ करण केसीले सर्वाधिक चार, सुशन भारीले तीन, सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट लिए । 

चार विकेट लिने करण केसी म्यान अफ द म्याच घाेषित भए ।

 

 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया