डाक्टर केसी पक्ष र सरकारबीच वार्ता सुरु

 साउन ८, २०७५ मंगलबार १८:१:१८ | उज्यालो सहकर्मी

काठमाडौं – सरकार र २५ दिनदेखि अनसनरत डा.गोविन्द केसीपक्षबीच अहिले वार्ता भइरहेको छ । 

शिक्षा मन्त्रालयमा केही बेर अघिदेखि वार्ता चलिरहेको मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो । 

वार्तामा डा.केसीका प्रतिनिधि र सरकारी वार्ताका टोलीका सदस्य सहभागी छन । डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी हुनुहुन्छ ।

यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाबीच छलफल भएको थियो । 

चिकित्सा शिक्षा विधेयकमा मेडिकल माफिया अनुकुलमा राखिएका बुँदा हटाएर शिक्षामन्त्री पोखरेल र परराष्ट्रमन्त्री ज्ञवाली तथा नेता सुवास नेम्वाङले डा.गोविन्द केसीका माग सम्बोधन गने गरी वार्ताको पहल थालेपछि आज वार्ता भएको हो । 

वार्तामा विधेयकका केही बुँदा हटाएर संशोधन गरी डा.केसीका माग सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्यको भनाई छ । शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीले यसअघि तीन पटकसँग डा.केसी पक्षसँग छलफल गरे पनि सहमति हुन सकेको थिएन । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया