दशैँका लागि सहुलियत मूल्यमा आजदेखि खसीबोका बिक्री हुँदै, प्रतिकिलो ५ सय ५० रुपैयाँमा पाइने

 कात्तिक ३, २०७७ सोमबार ९:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ ।

थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाण्डौ ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २ सय ५ गरी ४ सय ५ वटा खसीबोका काठमाण्डौ ल्याइएको छ । यसपालि एक हजार  खसीबोका बिक्री गर्ने तयारी छ ।

हरेक वर्ष दशैँमा सरकारले खसीबोका तथा च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि गएकाे वर्षको तुलनामा मूल्य बढी भएपछि अन्तिममा नल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।यसैबीच दशैँका लागि खसीबोका, भेडाच्याङ्ग्राको जोहो गर्नेले स्वस्थ र अस्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न डाक्टर अवधेश झाले आग्रह गर्नुभएको छ । 

काठमाण्डौ महानगरपालिकाको पशुसेवा महाशाखाका प्रमुख डाक्टर झाकाअनुसार स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको छ।  हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्न उपभोक्तालाई उहाँको आग्रह छ ।

पशुको तापक्रम नाप्ने, नाकबाट सिँगान बगे/नबगेको, पखाला लागे/नलागेको, झोक्राएर बसे/नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउन सकिने उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया